काठमाडौं। सेयर बजारमा निरन्तर गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ को विन्दुमा रोकिएको छ।
होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।
ट्रेडिङ समूहको सूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३१३ मध्ये १४७ कम्पनीको सेयर भाउ घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
९७ कम्पनीको सेयरको भाउ बढेको छ। होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ। ९७ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
घटेको बजारमा ४ कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।
५ अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएकामा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।