मिस युनिभर्स क्यानडा २०२४ को प्रतिस्पर्धामा नेपालकी सोनालिसा ढुंगाना पनि, भोटिङ जारी

बिजमाण्डू
२०८१ जेठ २७ गते १०:११ | Jun 9, 2024
मिस युनिभर्स क्यानडा २०२४ को प्रतिस्पर्धामा नेपालकी सोनालिसा ढुंगाना पनि, भोटिङ जारी

काठमाडौं। नेपालकी सोनालिसा ढुंगाना मिस युनिभर्स क्यानडा २०२४ को प्रतिस्पर्धामा छिन्।

Tata
GBIME

ढुंगाना अध्ययनका लागि नेपालबाट क्यानडा पुगेकी हुन्। उनले क्यानडाको म्याकमास्टर विश्वविद्यालयबाट एमबीए गरेकी छन्। अहिले उनी क्यानडाको एक वित्तीय संस्थामा स्ट्र्याटेजिक इनिसिएटिभ्स म्यानेजरको रुपमा कार्यरत छिन्।

ढुंगाना यौन दुर्व्यवहारमा परेका महिना तथा बालबालिकाहरुको पक्षमा वकालत गर्दै आएकी छन्।

ढुंगाना मिस युनिभर्स क्यानडा २०२४ को पिपल्स चोइस चरणको प्रतिस्पर्धमा छिन्। ढुंगानाले आफूलाई भोट गरेर आगामी चरणमा छनोटमा पुर्‍याउन आग्रह गरेकी छन्। भोटिङ अवधि मे ५ देखि जुलाई २५ सम्म चलिरहेको छ। धेरै भोट ल्याउने प्रतियोगीमध्ये तीनजना अर्को चरणमा छनोट हुनेछन्। जसका लागि पुन: भोटिङ गरिने आयोजकले जनाएको छ।