
काठमाडौं। आज सेयर बजार सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा झरेको हो।
होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले आज बजार घटाएका हुन।
फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०८ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३२२ मध्ये १३५ कम्पनीको सेयर मूल्य घटेको छ। माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.४० प्रतिशतले गुमाएका छन्।
१०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ। इमर्जिङ नेपाल र मिडसोलु हाइड्रोपावरको मूल्यमा ‘पोजेटिभ सर्किट’ लागेको छ।
आज ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएकामा सर्वाधिक एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको १८ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।