
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मुलुकका लागि परामर्शदाता (काउन्सेलर) र दुई मुलुकका लागि श्रम सहचारी मागेको छ।
नेपाली कामदारका श्रम गन्तव्य मुलुकहरुका रहेर सहजीकरणका लागि मन्त्रालयले कर्मचारी थप्ने भएको हो। एक/एक जना काउन्सेलर साउदीको रियाद र यूएईको अबुधाबीमा रहेर काम गर्न मागेको छ।
श्रम सहचारी बहराइनको मनामा र कतारको दोहामा रहेर काम गर्नका लागि मागेको हो। ‘काउन्सेलर(श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड-२०७३’ अनुसार तोकिएको योग्यता पुगेका इच्छुक कर्मचारीले ३५ दिनभित्र दरखास्त दिनुपर्ने शनिबार प्रकाशित सूचनामा छ।