
काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विष्णुमणि गौतम नियुक्त भएका छन्। कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समिति बैठकले गौतमलाई अध्यक्षमा नियुक्त गरेको हो।
गौतम नेपाल राष्ट्र बैैंकका पूर्व निर्देशक हुन्। विभिन्न जलविद्युत परियोजनाका प्रवर्धकसमेत रहेका गौतम सेयर बजारमा अनुभवी लगानीकर्ता हुन।
काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले चालु आर्थिक वर्ष चैतसम्म ३ करोड ८८ लाख रुपैयाँ १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।