चार दिनमा प्रति तोला ४,९०० रुपैयाँ सस्तियो सुन, शुक्रबार १,८०० रुपैयाँले गिरावट

बिजमाण्डू
२०८१ जेठ ११ गते ११:४७ | May 24, 2024
चार दिनमा प्रति तोला ४,९०० रुपैयाँ सस्तियो सुन, शुक्रबार १,८०० रुपैयाँले गिरावट

काठमाडै। साताको दोस्रो दिन प्रति तोला १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यमा त्यसपछिका दिनमा लगातार गिरावट आएको छ।

Tata
GBIME

मंगलबारदेखि घट्न थालेको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति तोला १ लाख ३६ हजार ९०० रुपैयाँमा झरेको छ। सुन चार दिनमा प्रति तोला ४ हजार ९०० रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार मात्र तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ।

बिहीबार पनि सुनको मूल्य प्रति तोला १ हजार ८०० रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य शुक्रबार प्रति तोला १० रुपैयाँले घटेर १ हजार ८५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य सोमबार प्रति तोला १ हजार ९४० रुपैयाँ पुगेकामा त्यसपछिका दिनमा लगातार घटिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २,३३३.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने प्रतिऔंस ३०.३८ डलर छ।