वुलिङको नयाँ गाडी बिंगो नेपाल आयो, ३३ लाख रुपैयाँ मूल्य भएको गाडी यस्तो छ



बिजमाण्डू
२०८१ जेठ २ गते १९:०६ | May 15, 2024
वुलिङको नयाँ गाडी बिंगो नेपाल आयो, ३३ लाख रुपैयाँ मूल्य भएको गाडी यस्तो छ

काठमाडौं। वुलिङको नयाँ गाडी बिंगो नेपाल आएको छ। केही महिना अगाडि एमजीको गाडी बिक्री गरिरहेको पारामाउन्ट मोटर्सले वुलिङको आधिकारिक बिक्रेता पाएपछि यो गाडी नेपाल ल्याएको हो। यसअघि बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले बिक्री गर्दै आएको वुलिङ ब्रान्ड एसयुभी सेग्मेन्टको गाडीहरु पारामाउन्टले बिक्री गर्न लागेको हो।

Tata
GBIME
Zonsen

कम्पनीले उक्त गाडी भन्सार पास गरेर उपत्यका बाहिरको राजमार्ग हुँदै काठमाडौं ल्याउँदैछ। कम्पनीले पहिलो लटमा १०० वटा बिंगो ल्याउन एलसी खोलेको थियो। कम्पनीले उक्त गाडी केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले यसको मूल्य गत चैत १४ मा नै ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले ल्याएको सो गाडीमा ५० किलोवाट क्षमताको मोटर छ। यस्तै यो गाडी दुई वटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ। जसमा ३७.९ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४१० किलोमिटर दुरी पार गर्न सक्छ। अर्को ३१.९ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३३३ किलोमिटर दुरी पार गर्न सक्ने कम्पनीले जनाएको छ।

यसमा एक्स सेप्डको एलईडी ल्याम्प, इजी होम चार्जिङ, इलेक्ट्रिक एडजस्टेबल मिरर र क्लासी एक्सटियर डिजाइन छ। कम्पनीले यसलाई ३९५० एमएम लम्बाई, १७०८ एमएम चौडाई र १५८० एमएम उचाईमा ल्याएको छ।

फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्टुमेन्ट क्लष्टर, ४ एयरब्याग, इलेक्ट्रोनिक्स भेहिकल स्टेविलिटी सिस्टम, अटोमेटिक पार्किङ, हिल स्टार्ट एसिस्ट जस्ता सेफ्टी फिचर उपलब्ध छन्। यसले सिट्रोन इभी र नेटा भीसँग प्रतिस्पर्धा गर्नेछ। मोटर पावरदेखि अन्य डाइमेन्सनहरु उस्तै छन्।