जसपा फुट : अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

बिजमाण्डू
२०८१ जेठ २ गते १९:०४ | May 15, 2024
जसपा फुट : अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

Tata
GBIME

उपेन्द्रको नेतृत्वको जसपा नेपाल वैशाख २४ गते अशोक राईको नेतृत्वमा फुटेपछि वैशाख ३० गते यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले दुवै पक्षलाई जेठ ८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाउने निर्णय गरेको छ भने हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको छ।

‘कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियमा रहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरि निष्कर्षमा पुग्न मुनासिव देखिएकोले उल्लेखित मिति २०८१/०१/२४ को बैठकबाट भएका निर्णयहरु र सोका आधारमा भएका कामकारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राखी मिति २०८१/०२/०८ मा छलफलको लागि उपस्थित हुनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम प्रत्यर्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।