क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, उच्च अदालतले उल्ट्यायो जिल्लाको आदेश

बिजमाण्डू
२०८१ जेठ २ गते १७:१२ | May 15, 2024
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, उच्च अदालतले उल्ट्यायो जिल्लाको आदेश
फाइल फोटो


काठमाडौं। राष्ट्रिय किक्रेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। उच्च अदालतले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै सन्दीपलाई सफाइ दिएको हो।

Tata
GBIME
NLIC

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंको आदेश बुधबार बदर गरिदिएको हो।

गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायधीश शिशिर ढकालको इजलासले सन्दीपलाई बलात्कारको मुद्दामा ८ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि सन्दीप र सरकार पक्ष दुवै उच्च अदालतमा पुगेका थिए।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो। २०७९ भदौ ५ गते सन्दीपले होटलमा लगेर करणी गरेको भन्दै एक किशोरीले उजुरी दिएकी थिइन्।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप २०७९ पुसमा उच्च अदालत पाटनको आदेशमा २० हजार धरौटीमा रिहा भएका थिए।