सुनचाँदी बजारः सुन प्रति तोला एक हजार बढ्दा चाँदीमा ५ रुपैयाँको बढोत्तरी

बिजमाण्डू
२०८१ जेठ २ गते ११:०० | May 15, 2024
सुनचाँदी बजारः सुन प्रति तोला एक हजार बढ्दा चाँदीमा ५ रुपैयाँको बढोत्तरी

काठमाडौं। साताका दुई दिनयता घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँ महँगिएको छ।

Tata
GBIME
NLIC

बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख ३७ हजार ४ सय थियो भने सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँ थियो।

बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँ भएको छ। यो अघिल्लो दिनका तुलनामा ५ रुपैयाँ बढेको हो। सोमबारका तुलनामा २० रुपैयाँ बढ्दा मंगलबार कारोबार मूल्य प्रति तोला १ हजार ७ सय ४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनचाँदीको भाउमा वृद्धि छ। सुन प्रतिऔंस २३५८.१८ डलर र चाँदी २८.५४ डलर छ। मंगलबार सुन प्रतिऔंस २३५२.५५ डलर र चाँदी २८.४४ डलरमा कारोबार भएको थियो।