विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु योजना तथा सौर्य र वायु ऊर्जा सरकारको प्राथमिकतामा

बिजमाण्डू
२०८१ जेठ १ गते १७:५० | May 14, 2024
विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु योजना तथा सौर्य र वायु ऊर्जा सरकारको प्राथमिकतामा
जारकोटको गाउँ

काठमाडौं। सरकारले राष्‍ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य एवम् वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गर्न बताएको छ।

Tata
GBIME

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत लघु तथा साना जलविद्युत्, सौर्य एवम् वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गर्न बताएको हो। सरकारका अनुसार २ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर छ।

आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्‍चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गर्ने भनिएको छ।

विद्युत् वितरण सबस्टेसनहरूलाई स्वचालित बनाउने र स्थानीय तहसमेतको समन्वयमा स्मार्ट मिटर वितरण गर्ने सरकारले बताएको छ।