आजको मौसम पूर्वानुमान : गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

बिजमाण्डू
२०८१ बैशाख २५ गते ०६:५४ | May 7, 2024
आजको मौसम पूर्वानुमान : गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं । मंगलबार देशभर पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

बिहान पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बाँकी क्षेत्रमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने प्रक्षेपण छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।