एनआईसी एसिया बैंकले गर्‍यो राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

बिजमाण्डू
२०८१ बैशाख २४ गते २१:१२ | May 6, 2024
एनआईसी एसिया बैंकले गर्‍यो राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं। एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पियनसिप -२०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ। फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाली टिम उपविजेता बनेको थियो।

सो समारोहमा बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलहरूमा सहयोग गर्ने सम्झौता समेत भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले खेलाडीलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिए।

कार्यक्रममा बैंकका डेपुटी सिइओ सन्तोषकुमार राठीले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा महिला टोलीलाई धन्यवाद दिए।