मोरु डिजिटल वालेट फोनपेको भुक्तानी प्रणालीमा, प्रयोगकर्ताले क्यूआर कारोबार गर्न मिल्ने

बिजमाण्डू
२०८१ बैशाख २४ गते १९:२८ | May 6, 2024
मोरु डिजिटल वालेट फोनपेको भुक्तानी प्रणालीमा, प्रयोगकर्ताले क्यूआर कारोबार गर्न मिल्ने
फोनपेका सीइओ दिवस सापकोटा र मोरु डिजिटल वालेटका सीइओ श्रीष पौडेल सम्झौता गर्दै

काठमाडौं। नेपालको अग्रणी भुक्तानी संचालक फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा फोनपे र मोरु डिजिटल वालेटबीच सम्झौता भएको छ। सम्झौतामा सोमबार फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीष पौडेलले हस्ताक्षर गरे।

फोनपे नेटवर्कमा अन्तरआबद्ध भएसँगै अब मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबार गर्न सकिने भएको छ।

मोरु डिजिटल वालेट प्रयोगकर्ताले अब फोनपे नेटवर्कमा आवद्ध नेपालभरका करिब १४ लाख व्यावसायिक स्टोरमा सहजरूपमा किफायती, सुविधाजनक र सुरक्षित रुपमा क्यूआर भुक्तानी गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यो साझेदारीले प्रयोगकर्तालाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने बताए।

‘हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले हाम्रा प्रयोगकर्तालाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्न सदैव तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्शाएको छ,’ उनले भने, ‘हामीले हाम्रा ग्राहकलाई भुक्तानीका विभिन्न विकल्प प्रदान गर्नुका साथै वित्तीय इकोसिस्टमलाई अझै फराकिलो बनाएका छौं।’

मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडेलले फोनपेको नेटवर्कमा आफ्ना प्रयोगकर्ताको पहुँच पुर्‍याउन सकेका प्रसन्नता व्यक्त गरे।