रास्वपाका मन्त्रीले लेखे आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई पत्र

बिजमाण्डू
२०८१ बैशाख २४ गते १८:०३ | May 6, 2024
रास्वपाका मन्त्रीले लेखे आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई पत्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उपप्रधान तथा गृहमन्त्री रवि लामिछने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीबी प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरिदिन पत्राचार गरेका हुन्।

आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषदलाई बुझाइ सकेको भए पनि सम्पत्ति विवरण सार्वजनिक नभएकाले सबैको जानकारीका लागि सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले आग्रह गरेका हुन्।