बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको उपेन्द्र यादव पक्षको दाबी, ‘निवेदन अवैधानिक’

बिजमाण्डू
२०८१ बैशाख २४ गते १६:०४ | May 6, 2024
बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको उपेन्द्र यादव पक्षको दाबी, ‘निवेदन अवैधानिक’
उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संस्थापन पक्षले केन्द्रीय सदस्यको बहुमत आफूसँगै रहेको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

नेता अशोक राई पक्षले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट संस्थापन पक्षले बहुमत सदस्य आफूसँग रहेको दाबी गरेको हो।

पार्टी प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै बहुमत सदस्य पार्टीप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले दल दर्ताका लागि दिइएको निवेदनलाई अवैधानिक भनेका छन्।

राईको नेतृत्वमा आइतबार ७ सांसद र ३१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो। जसपामा अध्यक्ष उपेन्द्र यादवसहित १२ सांसद रहेकामा ७ जना नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए।