बीवाइडी र चांगन ‘नेक टु नेक’ प्रतिस्पर्धा, थाइल्याण्डमा डिपल एस-०७ धेरै बिक्री हुने इभी

बिजमाण्डू
२०८१ बैशाख २४ गते १३:३५ | May 6, 2024
बीवाइडी र चांगन ‘नेक टु नेक’ प्रतिस्पर्धा, थाइल्याण्डमा डिपल एस-०७ धेरै बिक्री हुने इभी

काठमाडौं। विद्युतीय गाडीको उत्पादक बीवाइडी र चांगनबीच विश्व बजारमा ‘नेक टु नेक’ प्रतिस्पर्धा सुरु हुन थालेको छ। विश्वका केही मुलुकमा कुनै महिना चांगनले बीवाइडीले उछिनेको छ भने केहीमा बीवाइडीको एकछत्र राज छ।

Tata
GBIME
Nepal Life

यी दुबै गाडी उत्पादक कम्पनी चिनियाँ हुन्। थाइल्याण्डमा अप्रिलमा डिपल एस- ०७ सबैभन्दा बढी बिक्री हुने इभी बनेको छ। यो इभी सार्वजनिक भएको चार महिना पनि भएको छैन। अप्रिलमा डिपल एस ७ सय ५४ युनिट बिक्री भएको छ।

डिपललाई पछ्याउँदै बीवाइडी डक्फिन दोस्रो नम्बरमा पुगेको छ। अप्रिलमा थाइल्यान्डमा ५०० डल्फिन बिक्री भएको थियो। थाइल्याण्डमा अप्रिलमा ४ सय ७८ वटा एमजी-४ बिक्री भएर तेस्रो स्थानमा छ। अप्रिलमै सार्वजनिक भएको होन्डा इ एन १ गाडी भने ६३ युनिट बिक्री भएको छ।

थाइल्यान्डमा गत महिना कुल ४ हजार ८८ वटा गाडी दर्ता भएको थियो। अप्रिल महिनामा थाइल्यान्डमा ३८२ वटा नेटा भी, ३०१ युनिट आयोन वाई प्लस, २१७ युनिट बीवाईडी एटो-३, १८० युनिट बीवाईडी सिल, १६९ युनिट ओरा गुडक्याट र १५९ युनिट टेस्ला मोडल ३ बिक्री भएको थियो।

डिपलले सन् २०२५ को सुरुवातमै थाइल्याण्डको प्लान्टबाट गाडी उत्पादन थाल्ने घोषणा गरिसकेको छ। हाल थाइल्याण्डमा डिपलले एस-०७ र एल-०७ गरी दुई वटा मोडेल बिक्री भइरहेको छ।

डिपल एसयुभी एस-०७ नेपाली बजारमा पनि लगभग १०० युनिट बिक्री भएको कम्पनीले जनाएको छ। यस्तै कम्पनीले यसैको सेडान एल०७ पनि नेपाली बजारमा छिट्टै ल्याउने तयारी गरेको छ।