बीवाइडीका महाप्रबन्धक लिउसँग प्रधानमन्त्रीले भने- ‘विद्युतीय गाडीमा कर हेरफेर हुँदैन’

बिजमाण्डू
२०८१ बैशाख २४ गते ११:३७ | May 6, 2024
बीवाइडीका महाप्रबन्धक लिउसँग प्रधानमन्त्रीले भने- ‘विद्युतीय गाडीमा कर हेरफेर हुँदैन’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विद्युतीय सवारी(इभी)मा करको दर हेरफेर नगर्ने प्रतिबद्धता जनाएका छन्।

Tata
GBIME
Nepal Life

सोमबार बीवाइडी हेडक्‍वार्टरबाट नेपाल भ्रमणमा आएका बीवाइडी एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता जनाएका हुन्।

उनले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै इकोसिस्टम तयार गर्न आवश्यक रहेको समेत बताए।

महाप्रबन्धक लिउले विद्युतीय गाडीको प्रयोग नेपालमा उत्साहजनक रहेको बताउँदै तर करको अस्थिर नीतिले केही असहजता ल्याएको बताए। उनले नेपालमा विद्युतीय सवारीसाधनका लागि आवश्यक लगानी गर्न बीवाइडी तयार रहेको बताउँदै तालिम केन्द्र समेत खोल्ने बताए।