गर्मी छल्न त्रिशूलीमा विप्लव : गीत गाउँदै तीन घण्टा गरे र्‍याफ्टिङ

बिजमाण्डू
२०८१ बैशाख १९ गते १२:२५ | May 1, 2024
गर्मी छल्न त्रिशूलीमा विप्लव : गीत गाउँदै तीन घण्टा गरे र्‍याफ्टिङ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ गर्मी छल्नका लागि त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् ।

Tata
GBIME
NLIC

विप्लव र उनको टीमले बेनिघाटदेखि खटौदीसम्म करिब तीन घण्टा र्‍याफ्टिङमा बिताएको त्रिशूली रिभर साइड रिसोर्टका संचालक उद्धव कँडेलले बताए। र्‍याफ्टिङका क्रममा उनले प्याडल गेमका साथ क्लिफ जम्प समेत गरेका थिए।
उनका अनुसार विप्लवले र्‍याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए।

‘विप्लवको नेतृत्वमा स्थानीय नेताहरु पनि यहाँ आउनुभएको थियो। गर्मी छल्नकै लागि योजना बनाएर र्‍याफ्टिङ गर्न आउनुभएको रहेछ,’ संचालक कँडेलले भने, ‘र्‍याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो।’

र्‍याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको र काठमाडौं नजिकैको सो ठाउँ पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भएको विप्लवले बताएका थिए। विप्लवले आफू र आफ्नो पार्टीले पर्यटकीय प्रवर्द्धनमा जोड दिएको र मुलुकको पर्यटन प्रवर्धनमा सक्दो सहयोग गर्ने त्यस क्रममा बताएका थिए।

हाल रिभरसाइड रिसोर्टले र्‍याफ्टिङसँगै जिपलाइन र स्काइ साइक्लिङको सुविधा पनि दिँदै आएको छ। आवासीय पर्यटकलाई बस्नका लागि रिसोर्ट र भिल्ल्ला समेत निर्माण गरिएको छ।

गर्मी बढेसँगै पछिल्लो समय र्‍याफ्टिङ लगायतका पर्यटकीय गतिविधि बढ्दै गएको संचालक कँडेलले जानकारी दिए।