आधाभन्दा बढी बैंकको नाफा घट्यो, नेपाल बैंक पछिल्लो तीन महिनामा नोक्सानीमा

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०७:५४ | Apr 19, 2024
आधाभन्दा बढी बैंकको नाफा घट्यो, नेपाल बैंक पछिल्लो तीन महिनामा नोक्सानीमा

काठमाडौं । बढ्दो खराब कर्जा र लागतका कारण बैंकहरुको नाफामा यसपाली उल्लेख्य गिरावट देखिएको छ। उपलब्ध तथ्यांक अनुसार आधाभन्दा बढी बैंकको नाफा घटेको छ।

Tata
GBIME
Nepal Life

बैंकहरुको खराब कर्जा अनुपातमा बढोत्तरी देखिएको छ भने डुबेको ऋणका लागि गर्नु पर्ने नोक्शानी व्यवस्थापनको खर्च बढेर गएको छ।

ऐतिहासिक रुपमा नेपाल बैंकको नाफा घटेको छ। पोहोरको चैतको तथ्यांकसँग तुलना गर्दा यसपाली नेपाल बैंकको नाफा ९२ प्रतिशतभन्दा बढीले घटेको हो। माघदेखि चैतसम्म अर्थात पछिल्लो त्रैमासको मात्र हेर्ने हो भने बैंक नोक्शानीमै गएको छ।

लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन बैंकको नाफा बढेको छ।

अघिल्लो त्रैमासहरुमै नोक्शानी व्यवस्थापन गर्न सकेकाहरुको नाफा घट्ने क्रममा केही ब्रेक लागेको छ। अहिले आएर नोक्शानी ब्यवस्थापन गर्नेहरुको उच्च  दरले नाफा घटेको छ।

कुन बैंकको अवस्था कस्तो ?

बैंकचालु बर्षगत बर्षफरक
नबिल बैंक४६६८०२९०००५११६१७४०००-८.७६
ग्लोबल आइएमई बैंक३३०६५५२०००४३५८२६४०००-२४.१३
नेपाल इन्भेष्टमेन्ट३२७५२७७०००३०४६१२३०००७.५२
प्राइम कमर्सियल२८७८७४६२२१२४६७५५६९३४१६.६६
एभेष्ट बैंक२६०८४६४०००२४६६०६४०००५.७७
स्ट्याण्डर्ड चार्टर्ड बैंक२४४७१२२०००२६१००८७०००-६.२४
राष्ट्रिय वाणिज्य बैंक२३७४८२३७५०३५७६७७४५५२-३३.६०
एनएमबि बैंक२२४१५९५०००२६८२५३२०००-१६.४४
कृषि विकास बैंक२०५३१६६२२६१०४१०३७९६७९७.२२
हिमालयन१९४८१८१२२२१७३८८६२८१७१२.०४
एनआइसी एसिया१९१४८९१६७०४०१४९२४५४६-५२.३१
प्रभु१८१२४५८०००१९५४६२५०००-७.२७
नेपाल एसबीआइ११६४१७७८६८१८०३२८५७९८३५.४४
सिद्धार्थ बैंक१६८४०९०७२९१४९०१०१०३७१३.०२
लक्ष्मी सनराइज१६१५९०३०००१२६५३४५०००२७.७०
सानिमा१४३९४४२८०६१७११६१३८२४-१५.९०
सिटिजन्स बैंक१२११४१६८१२१२३६०६१६०१-१.९९
कुमारी१०५२७९४५२५१३०१६५९४०१-१९.१२
माछापुच्छ्रे८५५४४६५५७१३५१९५२४७१-३६.७३
नेपाल बैंक१३०५०९१०६१७८२३२९९९९-९२.६८