विमान टेक-अफ हुँदा खस्यो बोइङको इन्जिन कभर, अनुसन्धान गर्दै अमेरिकी वायु सेवा नियामक

बिजमाण्डू
२०८० चैत्र २७ गते ०८:५५ | Apr 9, 2024
विमान टेक-अफ हुँदा खस्यो बोइङको इन्जिन कभर, अनुसन्धान गर्दै अमेरिकी वायु सेवा नियामक
Photo : Getty Images

अमेरिकाको वायु सेवा नियामकले साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७-८०० विमानबारे अनुसन्धान सुरु गरेको छ। विमान टेक-अफ हुने समयमा सो बोइङको (कउलिङ) इन्जिन छोप्ने कभर खसेको थियो।

Tata
GBIME
NLIC

विमानमा १३५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो घटनापछि विमान सकुशल अवतरण भएको थियो। सो विमान ल्याण्ड गर्नु अघि ३ हजार १४० मिटर माथि थियो।

बोइङ विमानको सुरक्षाबारे प्रश्न उठिरहेको बेला यो घटना भएको हो। साउथवेस्ट एयरलायन्सले आफ्नो प्राविधिक टिमले सो घटनापछि विमानको अध्ययन गरिरहेको जनाएको छ।

सो विमान सन् २०१५ मा उत्पादन भएको थियो। ७३७-८०० विमानमा सीएफइम५६ इन्जिन प्रयोग भएको छ। नयाँ ७३७ मा भने सीएफएम-लिप इन्जिनको प्रयोग हुन्छ। दुवै इन्जिन जेनरल इलेक्ट्रिक एरोस्पेस र स्फ्रान एयरक्राफ्ट इन्जिनको ज्वाइन्ट भेन्चरमा उत्पादन भएको हो।

गत जनवरीमा अलस्का एयरको उडिरहेको बोइङ विमानको सीसा फुटेपछि बोइङबारे प्रश्न उठ्न सुरु भएको थियो। अनुसन्धानपछि बोइङका विमानमा बोल्टमा राम्ररी नकसिएको फेला परेको थियो। जसकारण सयौं बोइङ विमान ग्राउन्डेड गरिएका थिए।