नेपाल प्रहरीका १६ एसपीको सरुवा, मधेसका पाँच जिल्लामा प्रहरी प्रमुख फेरिए

बिजमाण्डू
२०८० चैत्र २३ गते २२:१६ | Apr 5, 2024
नेपाल प्रहरीका १६ एसपीको सरुवा, मधेसका पाँच जिल्लामा प्रहरी प्रमुख फेरिए

काठमाडौं। नेपाल प्रहरीका १६ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार काज तथा सरुवा गरिएको हो। जसअनुसार मधेस प्रदेशका पाँच जिल्लामा प्रहरी प्रमुख समेत फेरिएका छन्। 

Tata
GBIME

सरुवा सूची अनुसार एसपी महेन्द्र खड्कालाई बारा, दिलीप घिमिरेलाई रौतहट, नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएको छ।

यस्तै, भुवनेश्वर तिवारीलाई धनुषा, तुलबहादुर कार्कीलाई बाँके, रवीन्द्रबहादुर सिंहलाई सर्लाही, दयानिधि ज्ञवालीलाई प्रहरी केन्द्रीय विशेष कार्यदलमा सरुवा गरिएको छ। 

यस्तै शान्तिराज कोइरालालाई नुवाकोट, श्यामकुमार महतोलाई प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा सरुवा गरिएको छ। 

अनुपम श्रेष्ठलाई महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ। सञ्जयसिंह थापा र सुवासचन्द्र बोहरालाई मधेस प्रदेशको मानव स्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। 

यस्तै, मित्रबन्धु शर्मालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, श्यामकुमार राईलाई अपराध अनुसन्धान विद्यालय, महेन्द्रकुमार श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा कैलालीमा दरबन्दी रहनेगरी प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालयमा काजमा राखिएको छ। 

यस्तै, सुरेशप्रसाद काफ्लेलाई प्रदेश कार्यालय सुर्खेत, अपराध अनुसन्धान शाखा बाँकेमा सरुवा गरिएको छ।