व्यवसायी हत्या अभियोग लागेका कालीबहादुर खाम पक्राउ, १६ वर्षदेखि थिए फरार

बिजमाण्डू
२०८० चैत्र २० गते १६:०३ | Apr 2, 2024
व्यवसायी हत्या अभियोग लागेका कालीबहादुर खाम पक्राउ, १६ वर्षदेखि थिए फरार

काठमाडौं । व्यवसायीको हत्या अभियोग लागेका कालीबहादुर खाम पक्राउ परेका छन्। १६ वर्षअघि काठमाडौंका व्यापारीको हत्या अभियोग लागेका खाम फरार थिए।

Tata
GBIME

खाममाथि काठमाडौं कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरण गरेर हत्या गरेको आभियोग छ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलको सञ्चय कोष भवन अगाडिबाट खामलाई पक्राउ गरेको हो।

२०६४ सालमा श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरेर चितवनको शक्तिखोरमा लगेर उनको हत्या गरिएको आरोप खाममाथि छ। श्रेष्ठको शव २०६५ साल वैशाखमा नारायणी नदीमा भेटिएको थियो

हत्या अभियोगमा फरार उनी माओवादी केन्द्रका नेता हुन्। फरार रहँदा नै उनलाई पार्टीले जिम्मेवारी दिएको थियो।