सीएनआई कोशी वुमन एक्स्पोमा ६० स्टल रहने, ४२ वटा महिला उद्यमीलाई निःशुल्क

बिजमाण्डू
२०८० चैत्र २० गते १५:०१ | Apr 2, 2024
सीएनआई कोशी वुमन एक्स्पोमा ६० स्टल रहने, ४२ वटा महिला उद्यमीलाई निःशुल्क
प्रदर्शनीको तयारीबारे जानकारी गराउँदै सीएनआई कोशी प्रदेशका पदाधिकारी

विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा विराटनगरमा हुन लागेको ‘सीएनआई कोशी वुमन एक्स्पो’को तयारी पूरा भएको छ।

Tata
GBIME

यही चैत २३ र २४ गते विराटनगरको अतिथि सदनमा हुन लागेको एक्स्पोमा ६० वटा स्टल रहने समितिले जनाएको छ।

समितिका संयोजक रचना राठीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६० वटा स्टल नै बुक भइसकेको जानकारी दिइन्। उनका अनुसार ६० मध्ये ४२ वटा स्टल महिला उद्यमीलाई निःशुल्क उपलब्ध गराइएको छ।

एक्स्पोमा हुम्ला, जुम्ला, संखुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ र सुनसरी गरी १० जिल्लाका महिला उद्यमीको सहभागिता रहनेछ।

एक्स्पोमा कृषिजन्य तथा जडिबुटीका सबैभन्दा बढी १९ वटा स्टल हुनेछन्। घरेलु उद्योगबाट निर्मित सामग्रीका १७ वटा, हस्तकलाका सामान र खाद्य प्रशोधनका ६/६ वटा र कपडा तथा उपभोग्य सामग्रीका ४ वटा स्टल हुनेछन् ।

एक्स्पोमा २५ लाखसम्मको कारोबार हुने समितिको अनुमान छ।