बिक्री सुस्ताउँदा भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार करिब ३० करोड रुपैयाँले घट्यो

बिजमाण्डू
२०८० चैत्र २० गते १०:२६ | Apr 2, 2024
बिक्री सुस्ताउँदा भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार करिब ३० करोड रुपैयाँले घट्यो

काठमाडौं। भिभो स्मार्टफोनको आधिकारिक बिक्रेता सेलुसिटी इन्टरनेसनल प्रालिको व्यापार एकैवर्ष करिब ३० करोड रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

स्मार्टफोन व्यापारमा छाएको मन्दीका कारण कम्पनीको व्यापार सन् २०२२/२३ मा १ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँको व्यापार गरेको थियो।

यस्तै, कम्पनीले सन् २०२०/२१ मा १ अर्ब ५० करोड रुपैयाँको कारोबार गरेको थियो। देशभर कम्पनीका २२ वटा डिलर छन्।कम्पनीमा संघई समूहको स्वामित्व छ। अन्मृता शर्माले कम्पनी हेर्दै आएकी छिन्।

कम्पनीले केयर रेटिङ्स नेपालबाट ६५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।