१७.३० अंकले घट्यो सेयर बजार, सर्वोत्तम सिमेन्टको सेयरमा नेगेटिभ सर्किट



बिजमाण्डू
२०८० चैत्र १८ गते १५:१९ | Mar 31, 2024
१७.३० अंकले घट्यो सेयर बजार, सर्वोत्तम सिमेन्टको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आइतबार १७.३० अंकले घटेर २०१८.३३ विन्दु कायम भएको छ।

Tata
GBIME
Zonsen

निर्जिवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्। कारोबार खुलेदेखि नै उतारचढाव देखिएको बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीका लगानीकर्ताले सर्वाधिक ३.६५ प्रतिशत गुमाएका छन्।

कारोबारमा आएका ३१६ मध्ये १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको सेयर मूल्य बढेको छ। माया खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्वोत्तम सिमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्।

लगातार ७ दिन सकारात्मक सर्किट लागेर सेयर मूल्य प्रति कित्ता १०८३ रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

यो कम्पनीका सेयर मूल्य १०८.२० रुपैयाँले घटेको छ। सर्वोत्तम सिमेन्टको २८ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार ७८ लाख ५७ हजार कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ।