समस्याबाट गुज्रिरहेको बोइङका सीईओले पद छाड्ने, लगानीकर्तामा विश्वास फर्किएला ?

बिजमाण्डू
२०८० चैत्र १३ गते १२:३० | Mar 26, 2024
समस्याबाट गुज्रिरहेको बोइङका सीईओले पद छाड्ने, लगानीकर्तामा विश्वास फर्किएला ?
बोइङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभ कलहाउन ।Photo : Reuters

बोइङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभ कलहाउनले पद छाड्ने घोषणा गरेका छन्। पछिल्लो समय बोइङको सुरक्षालाई लिएर प्रश्न उठिरहेको बेला उनले यो वर्षको अन्त्यसम्ममा पदबाट हट्ने बताएका हुन्।

Tata
GBIME
Nepal Life

गत जनवरीमा उडिरहेको बोइङ विमानको सीसा फुटेयता बोइङमा विभिन्न समस्याहरु पहिचान भइरहेका छन्। बोइङमा बोल्ट राम्ररी नकसिएको पाइए पछि अमेरिकामा कयौं विमान नै ग्राउन्डेड गरिएको थियो।

यस्तै, केही समय अघि प्यानल बिना नै बोइङ विमान अवतरण भएको घटना पनि सार्वजनिक भएको थियो।

बोइङप्रतिको विश्वास घटिरहेको बेला कम्पनीको बोर्ड प्रमुख ल्यारी केलनर र कमर्सियल प्लेन बिजनेसको प्रुमख स्टान डेलले पनि पद छाड्ने भएका छन्।

सन् २०१८ र सन् २०१९ मा करिब ३५० जनाको मृत्यु हुने गरि भएको विमान दुर्घटनापछि बोइङको सीईओमा कलहाउनलाई ल्याइएको थियो।

लगानीकर्ताहहरुले भने कलहाउनसँगै अन्यले पद छाड्ने घोषणा गरे पनि बोइङप्रति घटेको विश्वास उठ्न समय लाग्ने बताइरहेका छन्। जनवरीपछि बोइङको सेयर मूल्य एक तिहाई घटेको छ।

हाल अमेरिकाको वायुसेवा नियामकले बोइङ विमानको सुरक्षाबारे अनुसन्धान गरिरहेको छ।