बोइङ ७३७ म्याक्समा फेरि देखियो समस्या, डेलिभरी नभएका ५० विमानमा ‘रिवर्क’ गर्नुपर्ने

बिजमाण्डू
२०८० माघ २३ गते १२:३६ | Feb 6, 2024
बोइङ ७३७ म्याक्समा फेरि देखियो समस्या, डेलिभरी नभएका ५० विमानमा ‘रिवर्क’ गर्नुपर्ने
Photo : Reuters

बोइङ ७३७ म्याक्स विमान उत्पादनका क्रममा नयाँ समस्या देखिएको छ। सीएनएनका अनुसार सो कारण ५० वटा विमानमा फेरि काम गर्नुपर्ने भएको छ र ती विमानको डेलिभरीसमेत रोकिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको कमर्सियल एयरक्राफ्ट युनिटले बोइङका कर्मचारीलाई पठाएको पत्रमा समस्याबारे उल्लेख छ। जसमा बोइङको मापदण्ड अनुसार विमानका दुई ‘होल’ राम्ररी ‘ड्रिल’ नगरिएको जनाइएको छ।

७३७ म्याक्स विमान सञ्चालन गर्न मिल्ने भए पनि ५० वटा डेलिभरी नभएका विमानमा ‘रिवर्क’ गर्नुपर्ने पत्रमा उल्लेख छ। स्प्रिट एरोसिस्टमले पनि ‘होल’हरुमा राम्ररी ‘ड्रिल’ नभएको स्वीकार गरेको छ।

गत जनवरीमा अलस्का एयरको वोइङ विमानको उड्डाउड्दै झ्याल फुटेपछि बोङङको आलोचना भएको थियो। अनुसन्धानका क्रममा विमानका ‘बोल्ट’हरु राम्ररी ‘ड्रिल’ नगरिएको फेला परेको थियो।