चीनमा लगानीलाई निरन्तरता दिने टिम कुकको घोषणा, एप्पलको प्राथमिकता यी ३ क्षेत्रमा

बिजमाण्डू
२०८० चैत्र ११ गते ११:२९ | Mar 24, 2024
चीनमा लगानीलाई निरन्तरता दिने टिम कुकको घोषणा, एप्पलको प्राथमिकता यी ३ क्षेत्रमा
Photo : Reuters

अमेरिकी कम्पनी एप्पलले चीनमा थप लगानी गर्ने भएको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले चीन भ्रमणका क्रममा लगानीलाई निरन्तरता दिने योजना सार्वजनिक गरेका हुन्।

Tata
GBIME

सांघाईमा एप्पलले लगानी गर्ने तयारी गरिरहेको  हो।कुकले बिहीबार सांघाईमा एप्पलको नयाँ स्टोरको उद्घाटनसमेत गरेका छन्।

 कुकले सप्लाई चेन, रिसर्च एन्ड डेभलप्मेन्ट र स्टोरहरुमा लगानी गर्ने कुकले बताएका छन्।   यद्यपि, लगानीको विवरण भने सार्वजनिक गरिएको छैन।

‘हामी चीनमा लगानीलाई निरन्तरता दिँदैछौं,’ उनले भने।

बेइजिङमा चाइना इभलप्मेन्ट फोरममा सहभागी हुन कुक चीन पुगेका हुन्। चीनमा एप्पलको व्यापार घटिरहेको बेला कुकले थप लगानीबारे बताएका हुन्।