काठमाडौं । रुपन्देहीबाट पक्राउ परेका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमबाट उनलाई सिधै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लगिएको छ। उनलाई २०७९ साल पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले दुईवटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएको ९ किलो सुन प्रकरणमा पक्राउ गरिएको हो।
६१ किलो सुन र भेपको छानबिनको लागि गठन जाँचबुझ आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘ग्रिन सिग्नल’पछि गृहमन्त्री रवि लामिछानेले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। त्यसैको आधारमा प्रहरीले पूर्वसभामुख महरालाई पक्राउ गरेको हो।