मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले जलायो पुतला

बिजमाण्डू
२०८० फागुन ९ गते १६:३५ | Feb 21, 2024
मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले जलायो पुतला


काठमाडौं । बालकुमारी घटनामा दुईजना युवाको मृत्यु भएको प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ।

Tata
GBIME
NLIC

आज त्रिचन्द्र क्याम्पसबाट अनेरास्ववियुले मसाल जुलुस निकालेको थियो। उनीहरुले ज्वालाको पुतला दहन गर्दै राजीनामा माग गरेका थिए।

त्यसक्रममा प्रहरीसँग प्रदर्शनकारीहरुको धक्कामुक्की भएको थियो।

गत पुस १३ गते ललतिपुरको बालकुमारीमा इपीसी भर्नाबारे प्रदर्शन गरिरहेका युवाहरुले मन्त्री ज्वालाको गाडी आगजनी गरेका थिए। प्रहरीले परिस्थिति नियन्त्रणमा लिनका लागि कारबाही गर्दा दुईजनाको मृत्यु भएको थियो।

सो घटनामा मन्त्री जिम्मेवार रहेको भन्दै आज प्रदर्शन गरिएको हो।