चाँगुनारायणमा माधवनारायण, जंगलमा घस्रिंदै पल्टिँदै व्रतालुको परदेश यात्रा

रोजन श्रेष्ठ
२०८० फागुन ९ गते १३:१६ | Feb 21, 2024
चाँगुनारायणमा माधवनारायण, जंगलमा घस्रिंदै पल्टिँदै व्रतालुको परदेश यात्रा


काठमाडौं । स्वस्थानी व्रत सकिन अब केही दिन बांकी छ। यो वर्षको व्रत सकिन लाग्दा साँखुस्थित शालीनदीमा रहेका माधव नारायण परदेश यात्रामा निस्किएका छन्।

Tata
GBIME

वर्षमा तीनपटक परदेश यात्रामा निस्कने क्रममा माधव नारायणसहित व्रतालुको टोली आज बिहान भक्तपुरको चाँगुनारायण पुगेको हो। बिहानै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका थिए। साँखुबाट हिँड्दै जंगालको बाटोबाट माधव नारायणलाई चाँगुनारायण पुर्‍याइएको थियो।

व्रतालुहरु जंगलमा नै घस्रिंदै पल्टिँदै चाँगुनारायण पुगेका थिए। चाँगुनारायणको जंगलमा रहेको पोखरीमा माधवनारायणलाई स्नान गराइएको थियो। व्रतालुहरुले पनि त्यही पोखरीमा स्नान गरेका थिए।

यात्रामा सहभागी हुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला, अदुवाको व्यवस्था आफैँले गर्नुपर्ने नियम छ। परदेश यात्राको क्रममा माधवनारायणलाई यसअघि पशुपति, फर्पिङ र पनौती लगिएको थियो।