बजेटको अर्धवार्षिक समीक्षा: पर्यटन मन्त्रालयको पर्फर्मेन्स झुर, ६ महिनाको प्रगति ७ प्रतिशत

बिजमाण्डू
२०८० माघ २९ गते १९:०२ | Feb 12, 2024
बजेटको अर्धवार्षिक समीक्षा: पर्यटन मन्त्रालयको पर्फर्मेन्स झुर, ६ महिनाको प्रगति ७ प्रतिशत
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती


काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम निराशाजनक देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा मन्त्रालयको फर्मर्मेन्स झुर देखिएको हो।

Tata
GBIME
Nepal Life

नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि मन्त्रालयले १३६ वटा माइलस्टनोन तय गरेकामा पुससम्म जम्मा १० वटा मात्र सम्पन्न भएका छन्। जबकि ७० वटा सम्पन्न गर्ने लक्ष्य थियो। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा पर्यटन मन्त्रालयको प्रगति ७.३५ प्रतिशतमा सीमित रहेको उल्लेख छ।

प्रधानमन्त्री कार्यालयसहित २२ वटा मन्त्रालयमध्येमा पर्यटन मन्त्रालय पुछारबाट पाँचौंमा छ। सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, कानुन र खानेपानी मन्त्रालय पर्यटन मन्त्रालय भन्दा पनि निकम्मा देखिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९३ वटा माइलस्टोनमध्ये पुससम्म ५ वटा मात्र सम्पन्न गरेको छ। जबकि ४९ वटा सक्ने लक्ष्य थियो। सहरी विकासले ७५६ मध्ये ४२, कानुनले ५१ मध्ये ३ र खानेपानी मन्त्रालयले १०६ मध्ये ७ वटा मात्र सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।

ग्रेट हिमालयन ट्रेल निर्माणलाई निरन्तरता, १०० किलोमिटर सम्पदा पदमार्ग निर्माण, पाँच तारे होटलको संख्या २० र एकदेखि चार तारेसम्मका होटल संख्या १६० पुगेको जस्ता विषयलाई पर्यटन मन्त्रालयले गरेका कामको सूचीमा राखिएको छ। तारे होटल निजी क्षेत्रले बनाएको हो। यसमा मन्त्रालयले जस लिनुपर्ने कुनै कारण छैन।

६ महिनामा सबैभन्दा प्रगति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको देखिएको छ। यो मन्त्रालयले ६१ वटा माइलस्टोनमध्ये पुससम्म २९ वटा सम्पन्न गरेको छ।