नेपाल इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, प्रतिसेयर आम्दानी ६०.६५ रुपैयाँ

बिजमाण्डू
२०८० माघ २९ गते ११:५१ | Feb 12, 2024
नेपाल इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, प्रतिसेयर आम्दानी ६०.६५ रुपैयाँ

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा उच्च वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

यो पोहोर ६ महिनाको तुलनामा २३२.३४ प्रतिशतले बढी हो। कम्पनीले पोहोर ६ महिनामा १४ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद प्रिमियम आम्दानी ५.९५ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा २९ करोड ६७ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ।

७१ करोड ४३ लाख रुपैयाँ नेपाल इन्स्योरेन्सले लगानी तथा ब्याजबापत आम्दानी गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ६०.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ।