दक्षिण कोरियामा कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन रकम, एक जना जन्माए एक करोड



बिजमाण्डू
२०८० माघ २४ गते १४:१० | Feb 7, 2024
दक्षिण कोरियामा कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन रकम, एक जना जन्माए एक करोड

एक दक्षिण कोरियाली कम्पनीले आफ्ना कर्मचारीहरुलाई सन्तान जन्माएबापत प्रोत्साहन रकम दिने तयारी गरेको छ। देशको घट्दो जन्मदरलाई उकास्न कम्पनीले यस्तो नीति लिएको सीएनएनले उल्लेख गरेको छ।

Tata
GBIME
Zonsen

सउलमा रहेको निर्माण कम्पनी बुयोङ ग्रुपले आफ्ना कर्मचारीलाई प्रत्येकपटक सन्तान जन्माउँदा ७५ हजार अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैयाँ) दिने भएको हो।

यस्तै, सन् २०२१ देखि ७० जना सन्तान हुने कर्मचारीलाई ५२ लाख ५० हजार अमेरिकी डलर (६९ करोड ६० लाख रुपैयाँभन्दा बढी) रकम दिने पनि सो कम्पनीले घोषणा गरेको छ।

यो योजनाबाट पुरुष र महिला दुवै कर्मचारीले फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

सन् २०२५ सम्म दक्षिण कोरियाको जन्मदर थप घट्ने प्रक्षेपण गरिएको छ। वृद्धवृद्धाको संख्या बढ्दै जाँदा दक्षिण कोरियाले सन्तान जन्माउनेलाई विशेष सुविधा दिइँदै आइरहेको छ।

बुयोङ ग्रुपका अध्यक्ष लि जुङ कुनले सन्तानलाई हुर्काउन कम्पनीले ‘सिधा आर्थिक सहयोग’ गर्ने घोषणा गरेको बताएका छन्। ३ जना सन्तान भएका कर्मचारीलाई २ लाख २५ हजार अमेरिकी डलर (२ करोड ९८ लाख रुपैयाँभन्दा बढी) वा रेन्टल हाउजिङ (सरकारले जमिन उपलब्ध गराएको खण्डमा) मध्ये एक सुविधा छनोट गर्न कम्पनीले सुविधा दिनेछ।

सन् १९८३ मा स्थापना भएको सो निर्माण कम्पनीले हाल सम्म २ लाख ७० हजारभन्दा बढी घर निर्माण गरिसकेको छ।