अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सुधार, शोधनान्तर बचत २.७३ खर्ब, विदेशी सञ्चितिमा १८% वृद्धि  



बिजमाण्डू
२०८० माघ २३ गते १२:२५ | Feb 6, 2024
अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सुधार, शोधनान्तर बचत २.७३ खर्ब, विदेशी सञ्चितिमा १८% वृद्धि  

काठमाडौं। अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधारले निरन्तरता पाएको छ। चालु वर्षको ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। पुसमा मात्रै शोधनान्तर बचत ६२ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँ बचतमा थियो।

Tata
GBIME
Zonsen

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता पनि बलियो देखिएको छ। उक्त अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब रुपैयाँ बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँ घाटामा थियो।

यस्तै, विदेशी विनिमयको सञ्चिति गत असारको तुलनामा १८ प्रतिशतले बढेर १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ बराबर पुगेको छ। असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर थियो।

६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। ६ महिनामा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको तथ्यांक छ।