एचआर गोयल ग्रुपको डल्फिन बिटुमिन, गुणस्तर जाँच्न नि:शुल्क ल्याब परीक्षणको सुविधा

बिजमाण्डू
२०८० माघ १९ गते १७:४३ | Feb 2, 2024
एचआर गोयल ग्रुपको डल्फिन बिटुमिन, गुणस्तर जाँच्न नि:शुल्क ल्याब परीक्षणको सुविधा


काठमाडौं। एच.आर गोयल ग्रुपले काठमाडौंमा जारी नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा डल्फिन ब्राण्डको बिटुमिन बिक्री गरिरहेको छ।

Vigo
GBIME
Tata

सडक पिच गर्ने काममा प्रयोग गरिने विश्वस्तरीय गुणस्तर भएको भीजी १० र भीजी ३० क्वालिटीको डल्फिन ब्राण्डको बिटुमिन बिक्री भइरहेको कम्पनीले जनाएको छ। नेपालमा एच.आर. गोयल ग्रूपअन्तर्गतको अरविन्द इम्पोरियमले आयात बिक्री गरिरहेको छ।

अरविन्द इम्पोरियमले आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको बिटुमिन मात्र बिक्री गरिरहेको जनाएको छ।

प्रदर्शनीको उक्त स्टलमा बिटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माइक्रो सिलिका, हाइ ग्रेड कंक्रिटका उत्पादन, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन्।

उक्त सामग्रीहरु स्टल नं. (०-०२३) मा भिजिट गरी थप जानकारी लिन सकिने कम्पनीले जनाएको छ। डल्फिन बिटुमिनको डिपो विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा छन्।

साथै, बिटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुका लागि अरविन्द इम्पोरियमले निःशुल्क ल्याब परीक्षण गर्ने सुविधा दिएको छ।