एनआइबीएल म्युचुअल फन्डले ल्यायो ‘स्टेबल फण्ड’, वार्षिक प्रतिफल १६.१८%

बिजमाण्डू
२०८० माघ २ गते १२:५१ | Jan 16, 2024
एनआइबीएल म्युचुअल फन्डले ल्यायो ‘स्टेबल फण्ड’, वार्षिक प्रतिफल १६.१८%

काठमाडौं। एनआइबीएल स्टेबल फण्डको सार्वजनिक निष्कासन मंगलबारदेखि खुला भएको छ। एनआइबीएल म्युचुअल फण्ड अन्तर्गतको यो छैटौं योजना हो।

Tata
GBIME
Nepal Life

एनआइबीएल स्टेबल फण्डमा इकाईका लागि आवेदन खुला भएको एनआइएमबी एस क्यापिटलले जनाएको हो।

यो योजनाको आकार १ अर्ब रुपैयाँको छ। १२ वर्षमा परिपक्क हुने यो योजना मुलुकमा सञ्चालितमध्ये सम्भवतः हालसम्मकै लामो अवधिको बन्दमुखी योजना समेत हो।

योजनाको अवधिभर यसले इकाईधनीलाई वार्षिक प्रतिफल १६.१८ प्रतिशत दिन सक्ने प्रक्षेपणसमेत गरेको छ।

योजनाको कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड छ। योजना व्यवस्थापक तथा डिपोजिटरीमा एनआइएमबी एस क्यापिटल छ। यो योजनामा मंगलबारदेखि छिटोमा आगामी शुक्रबार अर्थात् माघ ५ गतेसम्म आवेदन खुला रहने जनाइएको छ। यो अवधिभित्र लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे अवधि माघ १६ गतेसम्म थप हुनेछ।

इच्छुक व्यक्ति तथा संस्थाले यस योजनाका इकाइहरु खरिदका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १०० कित्ता र अधिकतम १ करोड कित्तासम्मका लागि आवेदन दिन सकिने छ। एनआइबीएल स्टेबल फण्ड को प्रति इकाई अंकित मूल्य  १० रुपैयाँ दरको १० करोड ) इकाईमध्ये बीज पुँजीवापत १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड  तथा १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका  लागि गरी कुल निष्कासन गरिने इकाईको जम्मा १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई सुरक्षित राखिएको छ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईको  मंगलबारदेखि सार्वजनिक रुपमा निष्कासन तथा बिक्री खुल्ला गरिएको हो। योजनाको इकाई खरिदका लागि धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी-आस्वा  सदस्य बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर एपमार्फत आवेदन दिन सकिने जनाइएको छ ।

यस योजनाका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपश्चात दोस्रो बजारमा खरिदबिक्री गर्न सकिने छ।