नागढुंगा सुरुङ मार्गमा मुआब्जा विवाद समाधान गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

बिजमाण्डू
२०८० पुष २४ गते १६:०० | Jan 9, 2024
नागढुंगा सुरुङ मार्गमा मुआब्जा विवाद समाधान गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा सुरुङ मार्गको अवरोध हटाउन धादिङका स्थानीयसँगको छलफलमा। तस्वीर: ज्वालाको सचिवालय

काठमाडौं। जग्गाको स्वामित्व र मुआब्जा विवादले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि अगाडि बढेको छ ।

Tata
GBIME
NLIC

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि सुरुङ मार्गको काम अगाडि बढेको हो

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थानीयसँग कुरा मिलेकाले काम अगाढि बढेको बताएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।

नागढुंगा सुरुङ मार्गको धादिङतर्फको जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए। त्यसपछि आन्दोलनरत जग्गाधनीलाई मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएर छलफल गरेका थिए।

छलफलमा जग्गाको स्वामित्व सम्बन्धी विवाद मालपोत कार्यालयका प्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको छ। यस्तै सडक विभागले सडक र नाली सुधार गर्ने सहमति पनि भएको छ।

मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्याको समाधान कानुनी दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिबद्धता जनाएको विभागका वैदेशिक शाखा प्रमुख विजय जैसीले बताए।