सीजीको युट्युब च्यानल, हरेक शुक्रबार ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

बिजमाण्डू
२०८० पुष ५ गते १५:४३ | Dec 21, 2023
सीजीको युट्युब च्यानल, हरेक शुक्रबार ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

काठमाडौं। चलचित्र निर्माण गर्दै आएको सीजी इन्टरटेनमेन्टले आफ्नै युट्युब च्यानल सुरु गरेको छ। कम्पनीले विहीबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको छ।

Tata
GBIME

कम्पनीले भिसा गर्ल चलचित्र निर्माण गरेको थियो। यो च्यानलमा हरेक शुक्रबार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ नियमित रुपमा प्रसारण हुने कम्पनीका सहअध्यक्ष हरिहर शर्माले जानकारी दिए।

उनका अनुसार चलचित्र निर्माण, लघु चलचित्र, स्ट्याण्डअप कमेडी, सांगितिक कार्यक्रम र म्युजिक भिडियो लगायतका कार्यक्रमलाई प्रोत्साहित गरिनेछ।