लगानी सम्मेलनबारे अर्थमन्त्रीले गरे विकास साझेदारसँग छलफल, ‘कन्ट्री रेटिङको काम चाँडै हुन्छ’

बिजमाण्डू
२०८० मंसिर २५ गते १७:३६ | Dec 11, 2023
लगानी सम्मेलनबारे अर्थमन्त्रीले गरे विकास साझेदारसँग छलफल, ‘कन्ट्री रेटिङको काम चाँडै हुन्छ’
विकास साझेदारसँगको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्वीर: महतको सचिवालय


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई लिएर विकास साझेदारसँग छलफल गरेका छन्। उनले सोमबार विकास साझेदारलाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्

Tata
GBIME
NLIC

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्दैछ। सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल गरेको मन्त्री महतले बताए।

उनले विकास साझेदारसामु लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को काम सकाउने प्रतिबद्धता जनाएका छन्। ‘हामी लगानी सम्मेलन अगावै कन्ट्री रेटिङको काम सक्छौं। सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौं,’ उनले भने।

अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफल

उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक संसद्‍बाट चाँडै पारित हुने पनि बताएका छन्।

साझेदारहरुसँगको छलपद्पछि उनले अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताको प्रश्‍नको जवाफ आफूहरुसँग रहेको बताए।

अर्थमन्त्री डा.प्रकाशशरण महत

‘नेपालमा माग धेरै छ। तर आपूर्ति कम छ। त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो। जलविद्युत्, पर्यटन, सूचना प्रविधि र कृषि लगानीका उर्वर क्षेत्र हुन्,’ उनले भने, ‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र के कुरामा सुधार गर्नुपर्छ भन्नेमा हामीले लागिरहेका छौं।’

छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए।