नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

बिजमाण्डू
२०८० मंसिर २४ गते २१:०६ | Dec 10, 2023
नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा


काठमाडौं। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवनमाथि ३-१ गोलको जित निकाल्दै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

खेलको २०औँ मिनेटमा पापा इबोउ केबेले दिनेश हेन्जनको क्रसलाई गोलमा परिणत गर्दै ललितपुरलाई अग्रता दिलाए।

दोस्रो हाफमा विवेक पौडेलले अग्रता दोब्बर बनाए। दिनेशले प्रहार गरेको बललाई चितवनका डिफेन्डरले क्लियर गर्ने क्रममा अवसर बनाउँदै ५७ औँ मिनेटमा गोल गरे।

८९ औँ मिनेटमा नवयुग श्रेष्ठको क्रसमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काउने प्रयास गरे। तर, अर्को गोल ललितपुरले उल्टै फर्कायो।

इन्ज्युरी समयमा चितवनका उत्सव राईले पेनाल्टी बक्सभित्र फउल गरेपछि रेडकार्ड ब्यहोरे। यसैमा पाएको पेनाल्टीमा इबोउ केवेले गोल गर्दै ललितपुरलाई रवाफीलो जित दिलाउन सफल भए।

योसँगै ५ खेलबाट ९ अंक जोड्दै ललितपुर अंकतालिकाको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो र तेस्रो स्थानमा समान ८ अंक जोडेको धनगढी एफसी र पोखरा थण्डर्स छन्। ५ अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ।

ललितपुर सिटी एफसीको टिम
चितवनको टिम

ललितपुरको हालसम्मको नतिजा

ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन

ललितपुर सिटी एफसी ०-० पोखरा थण्डर्स

धनगढी एफसी ०-० ललितपुर सिटी एफसी

ललितपुर सिटी एफसी २-२ वीरगंज युनाइटेड

गोल गर्ने खेलाडी: इमोह इजेकेएल, निखिल कदम (ललितपुर), विलियम ओपोकु, क्रिपा कान्त महतो (वीरगंज)

एफसी चितवन १-३ ललितपुरसिटी एफसी

रफिक अमिनु (चितवन), पापा इ केबे, पापा इ केबे (ललितपुर सिटी)

चितवनको हालसम्मको नतिजा

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

काठमाडौं रेजर्स १-१ एफसी चितवन

गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्ती मगर (एफसी चितवन)

वीरगंज युनाइटेड १-२ एफसी चितवन

गोल गर्ने खेलाडी: एइकिन्स के बाफोउर (वीरगंज), विमल घर्ती मगर, टोरिक जेब्रिन (एफसी चितवन)

एफसी चितवन १-१ बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी : उत्सव राई (एफसी चितवन), स्टेफेन बिनोङ (बुटवल लुम्बिनी)

एफसी चितवन १-३ ललितपुरसिटी एफसी

रफिक अमिनु (चितवन), पापा इ केबे, पापा इ केबे (ललितपुर सिटी)