गाडीको बिक्री बढेपछि बीवाइडीले थप्यो ५ वटा फाष्ट चार्जिङ स्टेसन, यो महिनाभित्र २८ पुर्‍याउने

बिजमाण्डू
२०८० मंसिर २० गते १९:५७ | Dec 6, 2023
गाडीको बिक्री बढेपछि बीवाइडीले थप्यो ५ वटा फाष्ट चार्जिङ स्टेसन, यो महिनाभित्र २८ पुर्‍याउने

काठमाडौं। नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले थप ५ वटा फाष्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

कम्पनीले गाडीको बिक्री बढेपछि थप फाष्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको हो। नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर र नक्सालमा फाष्ट चार्जिङ स्टेसन संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।

अब उसका फाष्ट चार्जिङ स्टेसनको संख्या ११ पुगेको छ। यसअघि कम्पनीले सिन्धुलीको मुलकोट, काठमाडौंको अनामनगर र गुहेश्वरी तथा पोखरा, नारायणघाट र बिर्तामोडमा फाष्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो।

यही डिसेम्बर अन्तिमसम्म थप १७ वटा स्थानमा फाष्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ।