कौसी थिएटरमा मंसिर २० गतेदेखि मञ्चन हुँदैछ बोधि-सत्व

बिजमाण्डू
२०८० मंसिर १७ गते ०९:२७ | Dec 3, 2023
कौसी थिएटरमा मंसिर २० गतेदेखि मञ्चन हुँदैछ बोधि-सत्व

काठमाडौं । कौसी थिएटरमा बोधि सत्व नाटक मञ्चन हुने भएको छ। ब्रज कला कुन्जको प्रस्तुती र ममा आर्ट्सको सहकार्यमा सांस्कृति नाटक बोधि-सत्वको मञ्चन हुन लागेको हो।

Tata
GBIME
Nepal Life

मंसिर २० गतेदेखि पुस ४ गतेसम्म टेकस्थित कौसी थिएटरमा नाटक मञ्चन हुनेछ। दरेश दिन दिउँसो ५ बजे नाटम मञ्चन हुनेछ।  शनिबार भने दिउँसो १ बजे पनि नाटक प्रस्तुत गरिनेछ।

हाल नाटक मञ्चनका लागि रिहर्सल भइरहेको छ। मञ्चनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

नाटकका परिकल्पना, लेखन एवम् निर्देशन चन्द्रमान मुनिकारले गरेका हुन्। बोधि-सत्वको नाट्य रुपान्तरण इँगिहोपो कोँइच सुनुवारले गरेका हुन्। नाटकमा सुदन मुनिकार, युवाहाङ राई, अनिशा श्रेष्ठ लगायतको अभिनय रहनेछ।

नाटकमा मानिसको जीवनलाई विम्बका रुपमा देखाइएको छ। क्षणिक खुसीका लागि मानिस दु:ख तिर अघि बढिरहेको परिस्थितिबाट उसलाई मुक्त गरि बोधि सत्व प्राप्तिको मार्गमा हिँडाउन सकिन्छ भन्ने विषयलाई नाटकमा प्रस्तुत गरिएको छ।