आईपीएलमा ‘प्लयेर ट्रेड’को चर्चा: अक्सनअघि हार्दिक मुम्बई फर्किँदा फ्रेन्चाइजले कसकसलाई गरे रिटेन?

मुकुन्द घिमिरे
२०८० मंसिर १३ गते २१:०५ | Nov 29, 2023
आईपीएलमा ‘प्लयेर ट्रेड’को चर्चा: अक्सनअघि हार्दिक मुम्बई फर्किँदा फ्रेन्चाइजले कसकसलाई गरे रिटेन?
Photo : ICC


इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन डिसेम्बर १९ का लागि तय छ। तर त्यसअघि नै फ्रेन्चाइजहरुबीच खेलाडी खरिद-बिक्री (प्लेयर ट्रेड) सुरु भएको छ। खासगरी गुजरात टाइटन्सलाई ब्याक टू ब्याक दुई सिजन फाइनल पुर्‍याएर एक सिजन च्याम्पियन बनाएका हार्दिक पाण्ड्या मुम्बई इन्डियन्स फर्किएपछि ‘प्लेयर ट्रेड’को चर्चा भएको हो।

Tata
GBIME
Nepal Life

अक्सनअघिको यो ट्रान्सफर कसरी भयो भन्ने बुझ्न पहिला ‘प्लेयर ट्रेड’बारे बुझौं।

ट्रेडिङ विन्डोमा एउटा फ्रेन्चाइजको खेलाडी अर्को फ्रेन्चाइजमा जाने प्रक्रियालाई ‘प्लेयर ट्रेड’ भनिन्छ। यस्तो ट्रेड पूरै रकम दिएर वा या खेलाडी साटेर (प्लेयर स्वाप) गरेर हुने गर्छ।

आईपीएलको नियम अनुसार एउटा सिजन सकिएको मितिले एक महिनापछि ट्रेडिङ विन्डो सुरु हुन्छ। र, यो अक्सनको एक हप्ता अघिसम्म खुल्ला रहन्छ। त्यसपछि अक्सन सकिएको भोलिपल्टदेखि सिजन सकिएको एक महिना पछिसम्म फेरि खुला हुन्छ।

यसपटक आईपीएलको ट्रेडिङ विन्डो डिसेम्बर १२ सम्मलाई खुला छ। त्यसैले हार्दिक अक्सनअघि नै मुम्बईमा ‘ट्रेड’ भएका हुन्।

यसपाला धेरै चर्चामा आए पनि पहिल्यैबाट आईपीएलमा खेलाडी ट्रेड हुने गरेका थिए। सन् २००९ मै मुम्बई इन्डियन्समा शिखर धवनलाई आशीष नेहराको सट्टामा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट ट्रेड गरेर ल्याइएको थियो।

यस्तो ट्रेड दुई प्रकारको हुन्छ। ‘वान वे ट्रेड’ र ‘टु वे ट्रेड’।

वान वे ट्रेडमा दुई फ्रेन्चाइजले खेलाडी स्वाइप (साटासाट) गर्ने या त्यसबापतको रकम दिने हुन्छ। टु वेमा भने प्लेयर स्वाइपमा उनीहरुको मूल्यमा हुने फरकलाई पनि फ्रेन्चाइजले तिर्नुपर्ने हुन्छ।

यस्तो ट्रेडिङमा खेलाडीको सहमति अनिवार्य हुन्छ। हार्दिक पाण्ड्याको सन्दर्भमा २०२३ को आईपीएलपछि नै मुम्बईले उनलाई खरिद गर्न गुजरातसँग छलफल अघि बढाएको थियो। यसका लागि उनलाई गुजरातले लिएको रकम तिरेर होस् या प्लेयर स्वाप गरेर होस्, मुम्बई दुवै ट्रेडका लागि तयार थियो। पाण्ड्याले पनि मुम्बई फर्कन इच्छा देखाएपछि १५ करोड भारतीय रुपैयाँमा उनको ट्रेड भएको हो।

खेलाडीले ‘ट्रेड’ हुन चाहेको खण्डमा फ्रेन्चाइजको निर्णय अन्तिम हुने गर्छ।

आईपीएलको अक्सनका लागि हरेक फ्रेन्चाइजसँग १०० करोड भारतीय रुपैयाँको बजेट हुन्छ। अघिल्लो सिजनमा सो रकम ९५ करोड थियो।

रिलिज र रिटेन ट्रेन्ड

ट्रेड सँगसँगै फ्रेन्चाइज क्ल्बहरुबीच खेलाडी रिलिज र रिटेन पनि हुने गर्छ। क्लबहरुले खासगरी महत्वपूर्ण खेलाडीहरुलाई रिटेन गर्छन् भने टिममा सन्तुलन मिलाउन खेलाडी रिलिज पनि गर्ने गर्छन्।

यसपाला दुई जना खेलाडीलाई ‘ट्रेड इन’ गरेको मुम्बई इण्डियन्सले एक जनालाई ‘ट्रेड आउट’ गरेको छ। त्यस्तै, जोफ्रा आर्चर लगायतका ११ जना खेलाडीलाई रिलिज गरेको मुम्बईले १५ जनालाई रिटेन गरेको छ। अक्सनका लागि मुम्बईसँग १७.७५ करोड भारतीय रुपैयाँ बाँकी छ।

त्यस्तै, हार्दिक पाण्ड्यालाई मुम्बई ट्रेड गरेको गुजरात टाइटन्सले अल्जारी जोसेफ, यस डायलसँगै ८ खेलाडीलाई रिलिज दिएको छ। १७ जनालाई गुजरातले रिटेन गरेको छ। अर्को क्लब रोयल च्यालेन्जर्स बेङ्ग्लोरले जोस हेजलवुडसँगै ११ जनालाई रिलिज गर्दा एकजनालाई ‘ट्रेड आउट’ र दुई जनालाई ‘ट्रेड इन’ गरेको छ। विराट कोहली, ग्लेन म्याक्सवेल लगायत १८ जनालाई भने सो फ्रेन्चाइजले रिटेन गरेको छ। बेङ्ग्लोरसँग अक्सनका लागि २३.२५ करोड भारु पर्स बाँकी छ।

अर्को क्लब चेन्नइ सुपर किंग्सले अम्बाती रायडूलगायत ८ जनालाई रिलिज गर्दा १९ जनालाई रिटेन गरेको छ। चेन्नइसँग पर्समा ३१.४ करोड भारु बाँकी छ। दिल्ली क्यापिटल्सले भने मुस्तफिजुर रहमान लगायत १० जनालाई रिलिज गर्दा डेभिड वार्नर लगायत १६ जनालाई रिटेन गरेको छ। दिल्लीसँग २८.९५ करोड भारु पर्स अक्सनका लागि रहने छ।

अर्को क्लब राजस्थान रोयल्सले जेसन होल्डरलगायत ९ जना खेलाडी रिलिज गर्दा आभेस खानलाई ट्रेड इन र देबदत्त पार्डिकललाई ट्रेडआउट गरेको छ। त्यस्तै सञ्जु सामसन लगायतका १६ जना खेलाडी रिटेन गरेको छ। अक्सनका लागि १४.५ करोड भारु पर्स राजस्थानसँग हुनेछ।

पञ्जाबले साहरुख खान लगायत ५ जनालाई रिलिज गर्दा शिखर धवनलगायत १७ जनालाई रिटेन गरेको छ। अक्सनका लागि पञ्जाबसँग २९.१ करोड भारतीय रुपैयाँ बाँकी छ।

कोलकत्ता नाइट राइडर्सले सकिब अल हसन लगायत १२ जनालाई रिलिज गरेको छ। त्यस्तै श्रेयस ऐय्यर लगायत १३ जनालाई रिटेन गरेको छ। अक्सनका लागि कलकत्तासँग ३२.७ करोड भारतीय रुपैयाँ पर्स बाँकी छ।

सनराइजर्स हैदराबादले आदिल रशीदलगायत ६ जनालाई रिलिज गर्दा सहबाज अहमेदलाई ट्रेड इन र मयंक दगारलाई ट्रेड आउट गरेको छ। त्यस्तै मयंक अग्रवाललगायत १८ जनालाई रिटेन गरेको छ। अक्सनका लागि हैदराबादको पर्समा ३४ करोड भारु छ।

त्यस्तै लखनउ सुपर जायन्टले प्लेइङ ११ मा नआएका जयदेव उनदकट लगायत ८ जनालाई रिलिज गरेको छ। रोमेरियो सेपार्ड र आभेस खानलाई ट्रेड आउट गरेको लखनउले देवदत्त पार्डिकललाई ट्रेड इन गरको छ। केएल राहुलसहित १८ जनालाई रिटेन गरिएको छ। लखनउसँगै १३.१५ करोड भारतीय रुपैयाँ पर्समा बाँकी छ।

यसपाला आईपीएलका कुन टोलीले कोको खेलाडी रिटेन गरे?

चेन्नइ सुपर किंग्स:

महेन्द्रसिंह धोनी, डेभोन कोन्वे, रुतुराज गाइक्वड, अजिन्क्य रहाणे, साइक रसिद, रवीन्द्र जडेजा, मिचेल स्यान्टनर, मोइन अली, शिवम दुबे, निशान्त सिन्धु, अजय मण्डल, राजवर्धन हङगरगेकर, दीपक चहर, महीस थिकसेना, मुकेश चौधरी, प्रशान्त सोलान्की, सिमरजित सिंह, तुसार देशपाण्डे, मथिसापथिराना

दिल्ली क्यापिटल्स:

ऋषभ पन्त,  डेभिड वार्नर, पृथ्बी श, अभिशेक पोरल, यस धुल, अक्षर पटेल, ललित यादव, मिचेल मार्स, प्रवीण दुबे, विकी ओस्टवल, एनरिच नोर्किया, कुलदीप यादव, लुन्गी एनगिदी, खलील अहमेद, इशान्त शर्मा, मुकेश कुमार

गुजरात टाइटन्स:

 डेभिड मिलर, ऋद्धिमान साह, साइ सुदर्शन, शुभमन गिल, म्याथ्यु वाडे, केन विलियमसन, अभिनभ मनोहर, विजय शंकर, राहुल तेवातिया, जोसुवा लिटल, मोहम्मद शामी, दर्शन नलकण्डे, नूर अहमेद, साइ किशोर, मोहित शर्मा, जयन्त यादव, राशिद खान

कोलकत्ता नाइट राइडर्स:

नितिश राना, रिंकु सिंह, रहमनुल्ला गुरबाज, स्रेयस ऐय्यर, जेसन रोय, अंकुल रोय, आन्द्रे रसेल, वेङ्कटेस ऐय्यर, सुयस शर्मा, हर्षित राना, सुनिल नारेन, वैभव अरोरा, वरुण चक्रवर्ती

लखनउ सुपर जायन्ट:

केएल राहुल, क्विन्टन डी कक, निकोलस पुरन, देवदत्त पार्डिकल, आयुष बडोनी, दीपक होडा, क्रुणाल पाण्ड्या, केल मेयर्स, मार्कस स्टोइनिस, प्रेरक मेनकाड, युदवीर सिंह, कृष्णप्पा गोउतम, मार्क उड, मयंक यादव, मोहसिन खान, रवि विश्नोइ, यश ठाकुर, अमित मिश्रा र नवीन उल हक

मुम्बई इण्डियन्स

रोहित शर्मा, डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव, इशान किसन, तिलक वर्मा, टिम डेभिड, विष्णु विनोद, अर्जुन तेन्दुल्कर, रोमारियो सेपार्ड (ट्रेड), साहम्स मुलामी, नेहाल वडेरा, हार्दिक पाण्ड्या (ट्रेड), जसप्रीत बुमराह, कुमार कार्तिकेय, पियुष चावला, जेसन बेहरेन्ड्रोफ, आकाश मध्वाल

पञ्जाव किंग्स:

शिखर धवन, जोनी बेयरस्ट्रो, जितेश शर्मा, प्रभसिमरन सिंह, लिआम लिभिङस्टोन, हरप्रीत भाटिया, अथर्व ताइडे, ऋषि धवन, साम करन, शिकन्दर राजा, शिवम सिंह, हरप्रीत ब्रार, अर्सदीप सिंह, कागिसो रबाडा, नाथन इल्लिस, राहुल चहर, विद्वत कविरप्पा

राजस्थान रोयल्स:

सञ्जु सामसन, जोस बट्लर, सिमरन हेटमायर, यशस्वी जसवाल, ध्रुव जुरेल, रियान पराग, कुनल राथोड, डोनोभन फेरेइरा, रविन्द्र अश्विन, कुलदीप सेन, नवदीप सैनी, प्रसिद कृष्णा, सन्दीप शर्मा, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, एडम जम्पा, अभेस खान (ट्रेड)

रोयल च्यालेन्जर्स बेङ्ग्लोर:

फाफ डुप्लिसिस, रजत पटिदार, बिराट कोहली, अनुज रावल, सुयस प्रभुदेशाइ, विल ज्याक्स, मयंक डगर (ट्रेड), दिनेश कार्तिक, ग्लेन म्याक्सवेल, महिपाल लोमरोर, करण शर्मा, मनोज भण्डागे, क्यामरन ग्रीन (ट्रेड), आकाश दीप, मोहम्मद सिराज, रीस टोपले, हिमांसु शर्मा, राजन चौधरी, व्यसक विजयकुमार

सनराइजर्स हैदराबाद

अब्दुल समद, ऐडेन मार्क्रम, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, हेइनरिच क्लासेन, मयंक अग्रवाल, अनमोलप्रीत सिंह, उपेन्द्र यादव, नितिश कुमार रेड्डी, अभिषेक शर्मा, मार्को जेनसन, वासिंटन सुन्दर, सहबाज अहमेद (ट्रेड), सनवीर सिंह, भुवनेश्वर कुमार, फजल्लाह फारुकी, टी नटराजन, उमरन मल्लिक, मयंक मार्कण्डे