ई-भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै इन्डोनेशिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

बिजमाण्डू
२०८० मंसिर १३ गते १८:२७ | Nov 29, 2023
ई-भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै इन्डोनेशिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

काठमाडौं। नेपाल हेर्ने इन्डोलेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ। इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ।

Tata
GBIME
NLIC

दूतावासले एक सर्कुलर जारी गर्दै भिसा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ।

ई-भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा इ–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ।

नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अनअराइभलका लागि पहल भइरहेको बताउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी दिए।