आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप, देशभर बजार विस्तार गर्ने योजना

बिजमाण्डू
२०८० मंसिर १३ गते १७:३५ | Nov 29, 2023
आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप, देशभर बजार विस्तार गर्ने योजना

काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ। नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई आधिकारिक रुपमा बिक्री गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेतामा नियुक्त गरेको हो।

Tata
GBIME
NLIC

आधिकारिक बिक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ। आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो।

‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौं। साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौं,’ उनले भने। 

लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो। १७० वर्ष पुरानो यो फ्रान्सेली ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ।

टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ। यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपले जनाएको छ।