सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, विजय लघुवित्तका लगानीकर्ता भने मालामाल

बिजमाण्डू
२०८० मंसिर १३ गते १६:०८ | Nov 29, 2023
सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, विजय लघुवित्तका लगानीकर्ता भने मालामाल

काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ। नेप्से परिसूचक बुधबार १७.९३ अंकले घटेको हो। अन्य बाहेकका बाँकी १२ वटा उपसूमहले नेप्से परिसूचक १८७६.६० बिन्दुमा झारेका हुन्।

Tata
GBIME
NLIC

उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्किट लागेर घटेको छ।  

१९० कम्पनीको सेयर मूल्य घटेको दिन विजय लघुवित्तका लगानीकर्ताले भने ९.८८ प्रतिशत अर्थात प्रति कित्ता ५९.१० रुपैयाँका दरले कमाएका छन्।

नेप्से तीन दिनमा ३१ अंकले घटेको छ। लगातारको गिरावटपछि कारोबार रकम १ अर्बमा झरेको छ। मंगलबार १ अर्ब २८ करोड रुपैयाँको कारोबार भएकामा बुधबार १ अर्ब १ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भयो। त्यसमध्ये सबैभन्दा धेरै ६ अर्ब २८ करोडको सेयर सोनापुर मिनरल्सको हो।