टेकु सबस्टेसन स्तरोन्‍नति हुँदै, काठमाडौंका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने

बिजमाण्डू
२०८० मंसिर १३ गते ०८:३७ | Nov 29, 2023
टेकु सबस्टेसन स्तरोन्‍नति हुँदै, काठमाडौंका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। काठमाडौंका केही स्थानमा बिहीबार विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गरी काठमाडौंका विभिन्‍न स्थानमा भोलि विद्युत् आपूर्ति प्रभावित हुने बताएको हो।

Tata
GBIME

टेकु सबस्टेसन स्तरोन्‍नतिको स्तरोन्‍नतिको काम चलिरहेकाले उक्त सबस्टेसनबाट आपूर्ति हुने फिडरहरुमा विद्युत सेवा बन्द हुने सूचनामा उल्लेख छ। जसकारण बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्‍वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा लाइन जानेछ।

त्यस्तै सोही समयमा कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्म, टंकेश्‍वर, महेन्द्ररत्‍न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत आपूर्ति प्रभावित हुनेछ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले हाल टेकु सबस्टेसन स्तरोन्‍नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम गरिरहेको जानकारी दिएको छ। आयोजनाका अनुसार टेकु सबस्टेसनमा दोस्रो १ थान १३२/११ केभी, ४५ एमभीए ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण पनि भइरहेको छ।

सो स्थानमा रहेको ११ केभी हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने आयोजनाले बताएको छ। सो क्रममा टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको टेकु चःमती फिडर र टेकु ताहाचल फिडरमा विद्युत् सेवा बन्द हुने आयोजनाले जानकारी दिएको छ।