अन्तिम मिनेटमा सम्हालिन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन



बिजमाण्डू
२०८० मंसिर १२ गते २०:२५ | Nov 28, 2023
अन्तिम मिनेटमा सम्हालिन नसक्दा काठमाडौंसँग बराबरीमा रोकियो चितवन

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा चितवन एफसी र काठमाडौं रेजर्स १-१ गोलको बराबरीमा रोकिएका छन्।

Tata
GBIME
Zonsen

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवनले बनाएको अग्रतालाई इन्ज्युरी समयमा तोड्दै काठमाडौंले हार टारेको हो।

खेलको १४ औं मिनेटमै काठमाडौं रेजर्सका तोजिडिनोभ कोमिओनको राम्रो प्रहारलाई चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए। त्यस्तै खेलको ३६औं मिनेटमा काठमाडौंका गोलकिपर अभिषेक बराल अघि बढिसकेको सन्दर्भमा चितवनका स्ट्राइकर रोशन राना मगर गोल गर्न चुके।

४२औं मिनेटमा विमल घर्ती मगरको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरियो। यसरी खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएका थियो।

५१औं मिनेटमा चितवनका रफिक अमिनुको राम्रो प्रहार टार्गेटभन्दा बाहिर गयो। चितवनका आइकनिक खेलाडी घर्तीले खेलको ८७औं मिनेटमा अग्रता बनाए। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठको क्रसमा डिबक्स भित्रबाट विमलले गरेको प्रहार काठमाडौंका डिफेन्डर  कोमिओनलाई लाग्दै गोल भएको थियो।

तर, खेलको अन्तिम समयमा काठमाडौं पुनरागमन गर्न सफल भयो। काठमाडौंका लागि इन्ज्युरी समयमा जुनियर एनकेनगुइले गोल गर्दै खेल बराबरीमा ल्याए।

चितवनले एनएसएलको आफ्नो पहिलो खेलमा पोखरा थण्डर्ससँग पराजय ब्यहोरेको थियो भने काठमाडौंले स्पोर्टिङ इलामलाई हराउँदै सुखद सुरुवात गरेको थियो।

हालसम्मको खेल नतिजा

काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)

ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

वीरगञ्ज युनाइटेड एफसी १-२ धनगढी एफसी

गोल गर्ने खेलाडी: हान्स कोफ (वीरगञ्ज), फोडे फुफाना र अहमद हिजाजी (धनगढी)

झापा एफसी ०-१ स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: अमथ एनडो (स्पोर्टिङ इलाम)